सिरहाको गोलबजारमा ढलभित्र शिशुको शव फेला

सिरहा- सिरहाको गोलबजरमा नालीमा फलिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । गोलबजार न.पा. ६ मा महिना दिन पुगिसकेको जस्तो देखिने शालनाल सहितको शिशु (छोरा)को शव आज विहान फेला परेको हो ।

स्थानीयले विहान नालीमा शालनाल सहितको शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाईएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदिप पौड्यालले जानकारी दिनुभयो ।

अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.