पत्रकार पौडेललाई इन्जाको सहयोग

काठमाडौं– नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले उपचारत पत्रकार माधव पौडेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

पौडेल लामो समयदेखि मेरुदण्डको समस्याका कारण उपचारत हुनुहुन्छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनु भएका पौडेललाई इन्जा एसियाका अध्यक्ष टंक पन्त र इन्जा ग्लोवलका सचिव दीपक रिजालले संस्थाको तर्फबाट तत्कालका लागि ५० हजार रुपैयाँ हस्तान्तण गर्नु भएको छ ।

शुक्रबार कपनस्थित उहाँकै निवास पुगेर आर्थिक सहयोग उपलब्ध गराइएको इन्जा एसियाका अध्यक्ष पन्तले जानकारी दिनुभयो । बिभिन्न कारणले आर्थिक समस्यामा परेका नेपालका संन्चारकर्मीहरुलाई संस्थाले आर्थिक सहयोग गर्दै आएको इन्जाका ग्लोवल अध्यक्ष गुणराज लुइटेलले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.