उत्तरी गोरखामा खाद्यान्न अभाव

गोरखा-गोरखा जिल्लाको उत्तरी सिमा तिब्बतसँग जोडिएको छेकम्पारको प्रमुख दुई नाका ङुइला र थाप्ला तथा सामागाउँको रुइला नाका अहिले पनि बन्द छ ।
कोभिडको कारण देखाई चीन सारकारले बन्द गरेको नाका अझै खुलेको छैन ।
एकातिर लगातार वर्षादको कारणले गर्दा उत्तरी गोरखा जाने बाटो बिग्रिएको छ भने  अर्कोतर्फ नाका बन्द हुनाले यातायात र खानेकुरा ढुवानीमा समस्या परेको छ। तलबाट आतेजाते गर्ने बाटो नहुँदा स्थानीयल धेरै सास्ती खेप्नु परेको छ ।
प्राकृतिक विपदले पुर्‍याएको क्षतिले पनि यस भेगका बासिन्दा उत्तिकै प्रताडित भएका छन । झन नाका बन्द हुँदा त चुमनुब्रीको बासिन्दालाई खानेकुराको समेत समस्या भएको छ।
खाद्यान्न संकट आउनसक्ने अवस्थामा पुग्दा पनि जनप्रतिनिधिले खासै वास्ता नगरेको स्थानीयको गुनासो छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.