प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने

डडेलधुरा- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा हिजोदेखि डडेल्धुरामा हुनुहुन्छ । उहाँले जिल्ला सदरमुकामको चुनावी आमसभालाई हिजै सम्बोधन गरिसक्नुभएको छ । प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहनुहुने कार्यक्रम तय भएको छ । उहाँ सातवटा चुनावीसभामा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ । चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उहाँका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महरलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिनुभयो ।

कांग्रेस डडेलधुराका सभापतिसमेत रहनुभएका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.