लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन पछि पनि निरन्तर : प्रधानमन्त्री

डडेलधुरा- प्रधानमन्त्री एवम् नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन पछि पनि निरन्तर रहने बताउनुभएको छ ।

निर्वाचन प्रचारका क्रममा आफ्नो गृह जिल्ला डडेलधुरा पुग्नु भएका सभापति देउवाले एनटीभी न्यूजसँगको विशेष अन्तर्वार्ताका क्रममा अहिलेको गठबन्धन चुनावी एकता मात्र नभएको स्पष्ट पार्नुभयो । देश र जनताको आवश्यकता र संविधानको रक्षाका लागि पनि गठबन्धन अपरिहार्य रहेको उहाँको भनाइ छ ।

यसैगरी उहाँले दलहरुबीचको सहमती र सहकार्यको राजनीतिलाई अझ बलियो बनाउदै लैजाने उल्लेख गर्नुहुदै छिमेकी मित्र राष्ट्रहरुसंगको सम्वन्धलाई पनि नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.