काभ्रेका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार

काभ्रे- काभ्रेको प्रतिनिधि सभाको क्षेत्र नं १ र २ मा नै नेकपा एमाले उम्मेदवारले अग्रता लिएका छन् । हालसम्मको प्राप्त मत परिणाम अनुसार प्रतिनिधि सभाको क्षेत्र नं १ मा एमालेका उम्मेदवार रेशम लामा र क्षेत्र नं २ मा पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा अग्र स्थानमा हुनुहुन्छ ।

प्राप्त मत परिणाम अनुसार क्षेत्र नं १ मा एमालेका रेशम लामा निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङसँग १७ सय २९ मतले अघि रहनुभएको छ । रेशमले ९ हजार ४ सय ७ मत प्राप्त गर्दा सूर्यमानले ७ हजार ७ सय ५ मत ल्याउनुभएको छ ।

यस्तै प्रतिनिधि सभा क्षेत्र नं २ मा एमालेका गोकुल प्रसाद बाँस्कोटा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईसँग ७ सय २ मतले अगाडी हुनुहुन्छ । हालसम्मको प्राप्त मत परिणाम अनुसार बाँस्कोटाले २१ हजार ३ सय ५० मत प्राप्त गर्नुभएको छ भने हुँमागाईले २० हजार ४ सय ७८ मत ल्याउनुभएको छ ।

काभ्रेमा प्रदेशतर्फ भने गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । काभ्रेको क्षेत्र नं १ मा खसेको कुल मत ८३ हजार ९ सय ३९ मतमध्ये हालसम्म २३ हजार १ सय ७२ मत गणना भएको क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै क्षेत्र नं मा खसेको कुलमत १ लाख ३ हजार ३ सय ९१ मतमध्ये ४६ हजार १ सय ३५ मत गणना भएको क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.