प्रदेशसभा तर्फ १९६ सीटको अन्तिम परिणाम

काठमाडौं- प्रदेशसभा तर्फ हालसम्म १९६ सीटको अन्तिम परिणाम आएको छ ।

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस ७६ स्थानमा जीत हासिल गर्दै अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एमालेले ४७ स्थानमा जित हासिल गरेको छ । यसैगरी माओवादी केन्द्रका उम्मेदवार ३१ स्थानमा विजयी भएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार ८ स्थानमा विजयी भएका छन् ।

यसैगरी नेकपा एकिकृत समाजवादी, जसपा र लोसपाले समान ७-७ स्थानमा जित दर्ता गरेका छन् । जनमत पार्टीले ६ प्रदेश सभा क्षेत्रमा जित दर्ता गर्दा राप्रपा ५ स्थानमा विजयी भएको छ ।

यसैगरी प्रदेश सभाको जारी परिणाममा एमालेले ४१ स्थानमा अग्रता कायम गरिरहेको छ भने कांग्रेसले २५ स्थानमा अग्रता बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.