पत्रकार महासंघका पूर्वउपसभापति भट्टराईको निधन

काठमाडौं– नेपाल पत्रकार महासंघका पूर्वउपसभापति तथा मधेस मिडिया काउन्सिलका अध्यक्ष वरिष्ठ पत्रकार शिवहरि भट्टराईको निधन भएको छ ।

भट्टराईको ६५ वर्षको उमेरमा सर्लाहीमा निधन भएको हो ।

महासंघ सर्लाही शाखाको मंसिर १७ गते शनिबार हुने साधारणसभाको निमन्त्रणामा मंसिर १६ गते शुक्रबार सर्लाही पुगी लालबन्दी–१३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा साँझ खाना खाएर सोही होटलमा बस्नुभएका भट्टराई सुतेको कोठमा नै मृत अवस्थामा भेटिनु भएको थियो ।

विगत चार दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका वरिष्ठ पत्रकार भट्टराई महासंघ सप्तरी शाखाको संस्थापक सभापति हुनुहुन्थ्यो ।

स्वर्गीय भट्टराईका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघले स्वर्गीय भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.