मेलम्ची खानेपानीको समस्या समाधान गर्न‍ प्रधानमन्त्री देउवा प्रतिबद्ध

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची क्षेत्रको पुननिर्माण गर्न तथा खानेपानीको समस्या समाधानका लागि सरकारले आवश्यक निर्णय लिने बताउनुभएको छ ।

काठमाडौंबाट प्रतिनिधि सभामा निर्वाचित नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह र प्रदिप पौडेल लगायतका जनप्रप्रतिनिधिले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले मेलम्ची क्षेत्रको विषयमा चाडै निर्णय लिइने बताउनुभएको हो ।

मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउन सरकारले पहल गर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सिंहले सरकारद्वारा मेलम्ची खानेपानी विकास समिति खारेज गरिदा आयोजनाको कामले पूर्णता नपाएकोले सो समिति पुन गठन गर्नुपर्ने वा त्यसको विकल्प खोज्न सरकारसँग माग गर्नुभयो ।

यस्तै काठमाडौं क्षेत्र नम्बर पाँचबाट निर्वाचित सांसद प्रदीप पौडेलले चक्रपथभन्दा बाहिरको क्षेत्रमा पनि मेलम्चीको पानी समान वितरण हुने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाका विषयमा काठमाडौंका जनप्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्। गत साता सिंह नेतृत्वको टोलिले सिन्धुपाल्चोकस्थित मेलम्चीको स्थलगत अवलोकन गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.