सवारी दुर्घटना न्यूनिकरण गर्न राजमार्गमा मेकानिकल परीक्षण

काभ्रे- जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी साधनको मेकानिकल परीक्षण गरेको छ ।

कार्यालयले सोमबार बि.पी राजमार्गस्थित धुलिखेल नगरपालिकाको वडा नं ९, काभ्रेभञ्ज्याङमा सवारी साधनको मेकानिकल परीक्षण गरेको हो ।

सवारी साधनको अवस्था ठिक भएमा दुर्घटना कम हुने भएकाले मेकानिकल परीक्षण कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार, सवारी साधनको यान्त्रिक अवस्था ठिक भए-नभएको बारेमा चालकहरुले ध्यान दिएका हुँदैनन् । यान्त्रिक अवस्था ठिक नभएकै कारण पनि धेरै दुर्घटनाहरु भएको पाइएको छ । त्यसकारण पनि कार्यालयले मेकानिकल चेकजाँच कार्यक्रम सञ्चालन गरेको हो।

सवारी साधनको ब्रेक, स्टेरिङ, लाइट, टायर, लगायतको चेकजाँच गरिएको हो ।

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनलाई मर्मतका सुझाव पनि दिइएको उहा“ले जानकारी दिनुभयो । ५४ वटा सवारीको परीक्षण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार, परीक्षणका क्रममा २५ वटा सवारी साधनको अवस्था ठिक नभएको पाइएको छ ।

सवारी दुर्घटना न्यूनिकरणका लागि यान्त्रि परीक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै जाने कार्यालयले जनाएको छ । गत महिनामा मात्रै पनि कार्यालयले अरनिको राजमार्गस्थित पाँचखालमा यान्त्रिक परीक्षण गरेको थियो ।

काभ्रेमा सवारी दुर्घटनाको संख्या बढ्दो

ट्राफिक प्रहरी काभ्रेको पछिल्लो पाँच बर्षको तथ्याङकले काभ्रेमा सवारी दुर्घटना बढेको देखाएको छ ।

कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० वटा ट्रक/ ट्याङ्कर, १५ वटा ट्रिपर, १० वटा बस, १३ वटा जिप-कार, १ वटा ट्याक्टर, ३९ वटा मोटरसाइकल र अन्य २ वटा गरी ९० वटा सवारी दुर्घटना भएका थिए ।

त्यस्तै २०७५/७६ मा ३७ वटा ट्रक-ट्याङ्कर, , ६ वटा बस, १७ वटा जिप-कार, ३ वटा ट्याक्टर, ३१ वटा मोटरसाइकल गरी ९४ वटा सवारी दुर्घटना भएको तथ्याङंक छ ।

यसैगरी, २०७६/७७ मा ४९ वटा ट्रक-ट्याङ्कर, ११ वटा बस, ३० वटा जिप-कार, ३ वटा ट्याक्टर, ३ वटा टेम्पो, ६९ वटा मोटरसाइकल, १ वटा शारिरीक शक्तिबाट चल्ने साधन र अन्य ४ वटा गरी १७० वटा सवारी दुर्घटना भएका थिए ।

यस्तै, २०७७/७८ मा ९ वटा ट्रक-ट्याङ्कर, २५ वटा टिपर, ९ वटा बस, ३९ वटा जिप-कार, २ वटा ट्याक्टर, १ वटा शारिरीक शक्तिबाट चल्ने साधन, ९० वटा मोटरसाइकल र अन्य ३ वटा गरी १७८ वटा सवारी दुर्घटना भए ।

आ.व२०७८/०७९ मा ४९ वटा ट्रक- ट्याङ्कर, २३ वटा टिपर, ३५ वटा बस, ४ वटा जिप÷कार, १ वटा ट्याक्टर, १ वटा टेम्पो, १०८ वटा मोटरसाइकल र अन्य ३ वटा गरी २२४ वटा सवारी दुर्घटना भएको तथ्याङक जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.