नयाँ भवनको प्रधानमन्त्री दाहालद्वारा अवलोकन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गर्नुभएको छ ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचाँै तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गर्नुभएको थियो । उहाँले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गर्नुभएको थियो । सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताउनुभएको थियो ।

मुख्य सचिव शङ्करदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.