सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिम प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले चार दलको समर्थनसहित बहुमत जुटाउनुभएका रावललाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका २९ सांसदको समर्थनमा दाबी गर्नुभएका रावल प्रदेशको दोस्रो मुख्यमन्त्री हुनुभएको हो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ ।

रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित दाबी पेश गर्नु भएको थियो ।

केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो ।

माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ भने, नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.