विकासलाई गति दिन विश्वासको मत : अध्यक्ष नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताउनुभएको छ । उहाँले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गर्नुभयो ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो । “सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ”, उहाँले भन्नुभयो ।

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.