मन्त्रिपरिषदको आकस्मिक बैठक : विमान दुर्घटनाका सम्बन्धमा छलफल

काठमाडौँ- मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक सुरु भएको हो । पोखरामा भएको विमान दुर्घटनाका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्नु भएको हो ।

यसअघि, प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछाने दुर्घटनाका बारेमा जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानुभएको थियो ।

विमान दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित ७२ जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.