लुम्बिनी प्रदेशः नव निर्वाचित सभामुख र उपसभामुखको शपथ आज हुँदै

दाङ- लुम्बिनी प्रदेशका नव निर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनियताको शपथग्रहण आज हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराउनु हुनेछ ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा दिउँसो एक बजे शपथग्रहण समारोह आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । सभामुखको शपथग्रहण पश्चात उपसभामुख मेनुका खाँड केसीको शपथग्रहण हुनेछ ।

प्रदेश सभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिनुपर्ने छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रिया मार्फत निर्विरोध चयन गरिएको हो । प्रदेश सभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ ।

साथै उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने उल्लेख छ । सभामुख र उपसभामुख चयन नहुदा सम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गर्नुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.