प्रदेश १ को नामका लागि फरक फरक प्रस्ताव दर्ता

काठमाडौँ- प्रदेश-१ को नामाकरणका लागि दलहरुले छुट्टा छुट्टै नाम प्रस्ताव गरेका छन् ।

प्रदेश सभामा रहेको सवै भन्दा ठूलो दल नेकपा एमालेले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेको छ ।

एमालेले प्रस्ताव गरेको नाममा नेकपा माओवादीले पनि समर्थन गर्दै सोही नाममा मतदान गर्ने निर्णय गरेको छ । तर केही साना दलहरुले भने फरक नाम सभामा प्रस्ताव गरेका छन् ।

त्यसका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले किराँत-लिम्बुवान-सगरमाथा प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद एवं पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गर्नु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.