होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)

काठमाडौँ- आज दिनभर देशका पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा अर्थात होली धुमधामका साथ मनाइयो । यस अबसरमा होलीको पवित्र सन्देश दिन देशका विभिन्न भागमा रंग खेल्ने र विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो । नेपालमा रहेका विदेशी पर्यटकहरुले समेत यो पर्वमा होली खेलेर रमाइलो गरे । यसै सन्दर्भमा देशका विभिन्न भागमा होली खेल्दाका केही तस्वीरहरुलाई यहाँ समेटिएको छ । तस्वीर सौजन्य : रासस

फागु पर्वमा सेल्फी विदेशी पर्यटक ।

फागुपूर्णिमा तथा होलीका अवसरमा बागलुङ बजारमा रङग खेलेर मनोरञ्जन लिँदै बालबालिका ।
महोत्तरी जिल्लामा होलीको पूर्व सन्ध्यामा विद्यालय पढन गएका विद्यार्थीबीच एक आपसमा होली खेलेर घर फर्किदै ।
होलीमा रमाउँदै पर्यटक

 

 

पर्यटकीय शहर पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक ।
ललितपुरको गोदावरीमा होली खेलेर मनोरञ्जन लिँदै युवतीहरु ।

होलिका अवसरमा लेकसाइडमा आयोजित एक कन्सर्ट कार्यक्रममा रमाउँदै आन्तरिक तथा वाह्य पर्यटक ।

कैलालीको अत्तरियामा रहेको पतञ्जली योग समूह होली पर्व मनाउँदै पतञ्जलीले हरेक वर्ष होलीको धार्मिक एवम पौराणिक विषयवस्तु झल्काउने गरी होली खेल्दै आएको छ ।

होलीमा घैंटो फुटाउने खेल खेल्दै ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.