लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घट्यो

काठमाडौँ- यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने अन्तरप्रदेश सार्वजनिक यातायात अन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ ।

नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै विभागले लामो दूरीमा संचालन हुने सार्वजनिक यातायातको भाडादर घटाएको हो ।

यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ । यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा चार दशमलब १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४ दशमलब ६५ प्रतिशतले भाडा घटेको जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.