विपद पूर्वतयारीको प्रयोगात्मक अभ्यास (फोटो फिचर)

गुल्मी- गुल्मीमा विपद्को पूर्व तयारीस्वरुप विपद् व्यवस्थापन अभ्यास गरिएको छ । नेपाली सेना सार्दुल संग्राम गुल्म शसस्त्र प्रहरी वल गुल्म गुल्मीले विपद पूर्व तयारी स्वरुप प्राकृतिक विपत्ति अन्तर्गत बाढी पहिरो बारेमा खोज तथा उद्दार पूर्व तयारी स्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकको वडा नम्बर–७ को बेतुखर्कमा विपद पूर्व तयारी स्वरुप शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्म गुल्मीले बाढी पहिरोमा खोज, उद्धार, प्राथमिक उपचार र आपत्तकालीन स्वास्थ्य सम्बन्धी कृत्रिम पूर्व अभ्यास गराइएको थियो ।

बाढी पहिरोको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सम्बन्धी विपद पूर्वतयारी अभ्यास गराइएको शसस्त्र प्रहरी नायव उपरीक्षक निभन खड्काले बताउनुभयो ।

वर्षायाममा हुनसक्ने बाढी पहिरो जस्ता विनाशकारी विपद्का समयमा तत्काल परिचालन भई मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले नेपाली सेना र शसस्त्र प्रहरीले कृत्रिम अभ्यास गरेको खड्काले बताउनुभयो ।

कृत्रिम अभ्यासमा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, नेपाली सेना सर्दुल संग्राम गुल्मका सेनानी अनिल खड्का, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीन किशोर प्रधान, शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका गुल्म पति शसस्त्र प्रहरी नायव उपरीक्षक निभन खड्का, लगायत स्थानीयहरुको सहभागितामा अभ्यास गराइएको थियो ।

प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेनाले गरेका उद्धार, खोज गर्दै आएको छ । सेना र प्रहरीले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्ने लगायतको कार्यमा सक्रिय सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.