नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

काठमाडौँ- प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आजदेखि शुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०-८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.