गुल्मीमा महिन्द्रा गाडीको शोरुम शुभारम्भ

गुल्मी- गुल्मीमा महिन्द्रा कम्पनीको गाडीको नयाँ शोरुम शुभारम्भ भएको छ । महिन्द्राको थ्रिएस सुविधा अर्थात सेल्स, सर्भिस र स्पेयर पार्टस यी तिनवटै सुविधा सहितको शोरुम तम्घासको पुरानो बैंकरोडस्थित न्यू एन्जिला अटो मोबाईल्स प्रालिमा शुभारम्भ गरिएको गरेको हो ।

शोरुमको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक समारोहका बिच शुभारम्भ गर्नुभएको थियो । शोरुम शुभारम्भको अबसरमा स्कारपियो एस–५ गाडी तम्घास धागीथुमका समाजसेवी हिमाल कुँवरले ५६ लाख ५० हजारमा बुकिङ्ग गरेर जिल्ला भित्रैको शोरुमका पहिलो ग्राहक बन्नु भएको थियो ।

उहाँलाई मेयर पन्थीले उक्त गाडीको चाबी हस्तान्तरण गर्दै सम्मान समेत गर्नुभयो । अग्नि कर्पोरेटेट ग्रुप, लुम्बिनी प्रदेश म्यानेजर गोकुल खरेलले गत ३२ बर्षदेखि अग्नि ग्रुपले महिन्द्रा अटोमोवाईल्स सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेशको बुटवलमा २८ बर्ष देखि र गुल्मीमा गत १३ बर्ष देखि इश्वरी कँडेल अटोपार्टहरु बिक्रि वितरण गर्दै आएको ताउनुभयो । अब आधिकारिक शोरुपम समेत उहाँले नै सञ्चालन गर्ने जिम्मेवारीको गोषणा गर्न पाउँदा गर्व लागेको ताउनुभयो ।

रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थील युवा ब्यवसायीहरुले जिल्लामै लगानी गरेर देखाउनु उत्प्रेराणाको बिषय भएकोले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नगरपालिका अगाडी बढ्ने उद्घोष गर्नुभयो ।

न्यू एन्जिला अटो मोबाईल्स प्रालिका प्रबन्ध निर्देशक ईश्वरी कँडेलका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरुले थ्रिएस सेटअप अन्तरर्गत महिन्द्रा अटोमोवाईल्सका सबै श्रृंखलाका उत्पादनहरु उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.