सिरहाबाट फेरि डेढ करोड बढी मूल्य बराबरको अवैध कपडा बरामद

सिरहा- सिरहाबाट मंगलबार बिहान फेरि तस्करी गरेर ल्याइएका अवैध कपडा बरामद भएको छ । सिरहा नगरपालिका-१८ स्थित तारापट्टीबाट ७८ पोका अवैध कपडा बरामद भएको हो ।

गोठमा लुकाएर राखिएको अवस्थामा बरामद भएको उक्त कपडा १ करोड ५६ लाख रुपैयाँ बराबरको रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिनुभएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीको सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले उक्त कपडा बरामद गरेको हो । कपडा बरामद भएको स्थान भारतीय सीमाबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नम्बर-७ बाट ४ किलोमिटरको मात्र दूरी छ ।

शनिबारदेखि मंगलबारसम्म ४ दिनमा झन्डै ३ करोड बराबर रुपैयाँको तस्करीका अवैध कपडालगायत मालसामान बरामद भइसकेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.