नुवाकोटको मिजारटोलमा एक घर एक धारा

नुवाकोट- नुवाकोटको टांढाविसौनास्थित मिजारटोलमा पिउने पानी योजना सन्चालन आएको छ । एक घर एक धारा अभियान अन्र्तगत सन्चालित सो योजनावाट बर्षोदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयह लाभान्वित भएका छन् ।

बिदुर नगरपालीका –९ टांढाविसौना, मिजारटोलमा रहेको दलित बस्तीमा पिउने पानी योजना सन्चालन भएपछि स्थानीयवासीको लामो समयदेखिको पिउने पानीको सपना पुरा भएको हो । एक घर एक धारा अभियानलाई पुर्णता दिन विदुर नपाले ३४ घरधुरी रहेको दलित वस्तीलाई समावेश गरि सो योजना सन्चालनमा ल्याइएको हो ।

बिदुर नपाले गत आर्थिक बर्षमा खानेपानी ट्यांकी र पम्पको व्यवस्था  गरेको थियो ।  वांकी फिटिङ मिटर ट्याङ्कीदेखि घरसम्म जाने पाइपलगायत आवश्यक थप सामाग्री विदुर नपाले प्रदान गरेको हो । सामाग्रीहरु विदुर नपाका मेयर राजन श्रेष्ठ, वडाध्यक्ष हरिराम भन्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारणको उपस्थितिमा मेयर श्रेष्ठले पिउने पानीका उपकरणहरु हस्तानतर गर्नु भयो ।

उनले आफुले नगरमा एक घर एक धारा अभियानको प्रतिवद्धता वमोजिम अभियानलाई पुर्णता दिन दलित वस्तीमा रहेकाहरुको प्रवद्र्धनको योजना वनाएकोसमेत वताए । उनले नपामा आर्थिक गतिविधि वढ्न थालेका कारण अन्य अभियानसमेत सन्चालन गरिने जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.