महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजको उपाधिका लागी आयोजक हङ्कङ र तान्जानिया विच अवको केहि बेरमा पौने १२ बजे खेल सुरु हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.