ललितपुर अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

ललितपुर – ललितपुर महानगरपालिका वडा ११, ललितपुर जिल्ला टेबलटेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा पाँचौं ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १६ स्पर्धामा प्रतिस्पर्धा हुने पाँचौं मेयर कप मूल समारोह समितिका संयोजक नदिमरत्न शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउने छन् ।

अनुमानित २५ लाख खर्च हुने बताइएको प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ रहेको छ । वडा ११ ले १० लाख सहयोग गर्ने आयोजकले जनाएको छ । मंसिर १६ गतेसम्म चल्ने रात्रीकालिन प्रतियोगिता वडा ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.