कांग्रेस सभापति देउवाद्वारा बैठक आह्वान

काठमाडौ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समसामयीक  विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाउनु भएको छ ।

बैठक बुधबार दिउसो १:३० बजे देउवा निवास धुम्बाराहीमा बस्ने छ ।

बैठकमा पछिल्ला घटनाक्रमका साथै समसामयीक विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेपाल टिभी अनलाइनलाई जानकारी दिनुभयो ।

बैठकमा सामसामयीक राजनीतिका साथै पार्टीको महासमिति बैठक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

मुलुकको संविधान र शासन व्यवस्था विरुद्ध गतिविधि भइरहेको र मन्त्री फेरबदलको समाचार आइरहेका बेला सभापति देउवाले बोलाउनु भएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.