प्रशासन कार्यालय धनकुटामा वाणिज्य बैंकको एक्स्टेन्सन काउन्टर सेवा विस्तार

धनकुटा- राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा धनकुटाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । धनकुटाको जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको सोमबार प्रमुख जिल्ला अधिकृत पुण्यबिक्रम पौडेलले एक समारोहबीच उद्घाटन गर्नुभयो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको वाणिज्यले धनकुटा जिल्ला प्रशासन कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । बैंकको एक्स्टेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी लगायतका कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्नसहज र सरल हुने धनकुटाका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
बैंकको एक्स्टेन्सन काउण्टरबाट बैंकले दिँदै आएको सबै प्रकारका सेवा प्रवाह गरिने र बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले वाणिज्य बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको राष्ट्रिय वाणिज्य बैंकका कोशी प्रदेश प्रादेशिक प्रबन्धक दिपकराज न्योपानेले बताउनु भयो ।
वाणिज्य बैंकले यसअघि धनकुटा बजार, हिले बजार, जितपुर बजार लगायतका ठाउँबाट अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.