कुशासनले नागरिक आर्जित भए: गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले कुशासनले नागरिकहरु आर्जित भएको बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा  केन्द्रीय कार्यालयमा आयोजित नेपाल पुकार पत्रिका लोकार्पणका कार्यक्रममा महामन्त्री थापाले कुशासनले नागरिक आजित भएको भन्दै नेपाल पुकारले यसका पात्र, प्रवृत्ति र घटनाको चित्रण गर्दै जनतामा सही सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको हो ।

“नेपाली कांग्रेस समुन्नतिबारे जनतामा जानकारी प्रवाह गर्न चाहन्छ । नेपाली कांग्रेसले गरेका हरेक काम जनतामा पुर्याउन पत्रिकाले महत्वपूर्ण काम गर्ने छ भन्ने विश्वास छ”, उहाँले भन्नुभयो, “हामीले यो पत्रिका पार्टीको स्रोतबाट विज्ञापन नराखेरै चलाउन चाहेका छौँ । यसले सार्थकता पाउन नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।”

कार्यक्रममा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेसको वैचारिक सन्देश प्रवाह गर्न यस पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास राख्नुभयो । पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रचारप्रसार विभागका पूर्वप्रमुख मीनेन्द्र रिजाल, नगरपालिका महासङ्घका तर्फबाट निलकण्ठ नगरपालिका धादिङका प्रमुख भीम ढुङ्गाना, प्राध्यापक पुरुषोत्तम दाहाललगायतले सो अवसरमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.