जीप दुर्घटनामा दुईको मृत्यु, १० घाईते

तनहुँ- पोखराबाट तनहुँ हुँदै पाल्पातर्फ जाँदै गरेको यात्रुबाहक जिप तनहुँको भिमाद नगरपालिका वडा नम्बर २ सुनाकोटमा दुर्घटना हुँदा २ जना यात्रुको मृत्यु भएको छ ।

ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परी मृत्यु हुनेहरुमा नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर २ का ४२ बर्षीय रुमबहादुर विक र ५५ बर्षीय जेमलाल दरै रहेका छन् ।

तनहुँको वेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रमा उपचारको क्रममा विक र दरैको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

कच्ची सडक खण्डबाट करिव १ सय ५० मिटर तल खोलाको किरानामा जिप खस्दा थप १० जना घाईते भएका छन् । घाईतेहरु मध्ये ५ जनाको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र ४ जनाको जिपी कोइराला राष्ट्रिय श्वासप्रस्वास उपचार केन्द्रमा उपचार भईरहेको तनहुँ प्रहरीले जनाएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.