हुम्लामा हेलिकप्टरबाट चामल ढुवानी,सहज बन्दै वितरण

हुम्ला – गत मंसिर ८ गतेदेखि  हुम्लामा हेलिकप्टरबाट चामल ढुवानी भएसँग सदरमुकाम सिमकोटमा चामालको वितरण सहज भएको छ।

दशैं तिहारयता जिल्लाको सिमकोट शाखामा खाद्यान्न मौज्दात कम भएपछि चामल वितरण रोकिएको थियो ।

मंसिर ८ गतेदेखि सिम्रिक एयरलाइन्सको हेलिकप्टरबाट सर्केगाड गाउँपालिका ३ को घिउसी र वडा नम्बर २ को ल्याप्च्याबाट ढुवानी भएपछि हुम्लामा खाद्यान्न सहज भएको हो।

अहिलेसम्म हेलिकप्टरबाट २३ सय १ क्वीनटल ढुवानी भएको सिमकोट शाखा कार्यालयका सुब्बा नवीन आर्चायले जानकारी दिनुभयो।

सिम्रिक एयरको हेलिकप्टरले दैनिक २५ फलाइट सर्केगाड गाउँपालिका ( २ को ल्याप्च्या र वडा नम्बर ३ को घिउसी देखि खाद्यान्न ढुवानी भएको आर्चायले बताउनुभयो।

खाद्यान्न ढुवानी भएपछि सिमकोट गाउँपालिका बिक्री वितरण गरिएको छ । २ गते ६ नम्बर वडा ३ गते बजारमा होटेल पसल गर्दै आएका र ४ गते कर्मचारीलाई बिक्रीवितरण गर्न आर्चायको भनाई छ।

हवाई र स्थलगत बाट ढुवानी हुने १४ हजार क्वीनटल चामल मध्ये ३४ सय ३६ सिमकोटमा पुगेको उहाँले बताउनुभयो ।

हेलिकप्टरबाट २३ सय क्वीन्टल र  स्थलगत नेपालगन्ज देखि ५८५ क्वीन्टल सुर्खेतबाट ३ सय क्वीन्टल धनगडीबाट १ क्वीन्टल चामल ढुवानी भएको सिमकोट शाखाका सुब्बा नवीन आर्चायले बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.