गोरखाका एक व्यक्तिमा भेटियो कोरोना

गोरखा- गोरखामा एक व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारका लागि आएका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिनुभयो ।

सहिद लखन गाउँपालिका–७ बुङकोट स्थायी घर भएका ४० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ती पुरुष ज्वरो र रुघाखोकी समस्या देखिएपछि उपचारका लागि गोरखा अस्पताल आइपुगेका थिए ।

सङ्क्रमितको अवस्था सामान्य रहेको र उनलाई अहिले होम आइसोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । सङ्क्रमित व्यक्ति भरतपुरबाट गोरखा आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.