निजामती सेवा प्रवेशको उमेरहद घटाउने प्रस्ताव

काँठमाडौँ- सरकारले निजामती सेवामा प्रवेश गर्ने उमेरहद् घटाउने प्रस्ताव गरेको छ।

सोमबार प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८० मा पुरुषका लागि सेवा प्रवेशको अधिकतम उमेर ३२ र महिलाका लागि ३७ वर्ष प्रस्ताव गरिएको हो। हाल निजामतीमाा सेवा प्रवेशको उमेरहद पुरुष ३५ वर्ष र महिला ४० वर्षसम्म कायम गरिएको छ ।

त्यसै गरी उपसचिव सह सचिव सरहका पदका लागि खुला तर्फ सेवा प्रवेशको उमेरहद पनि ४५ बाट घटाएर ४० कायम गर्न प्रस्ताव गरिएको छ ।

विधेयकमा निजामती सेवामा रहने  अर्थात अनिवार्य अवकासको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। अहिले ५८ वर्ष रहेकोमा दुई बढी बढाउने प्रस्ताव गरिएको हो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.