माओवादी केन्द्रबाट गण्डकी सरकारलाइ दिएकाे समर्थन फिर्ता

काठमाडाै- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी संसदीय दल गण्डकीको आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
केन्द्रमा सत्ता समीकरण फेरिएलगत्तै गण्डकीका मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएकाे थियाे । पार्टीकाे गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएकाे जानकारी दिनुभयाे ।।






प्रतिक्रिया राख्नुहोस्