मन्त्री बर्खास्तपछि लुम्बिनीमा माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादी  केन्द्रबाट बनेका दुइ जना मन्त्रीलाई बर्खास्त गरेपछि माअाेवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।
लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरी नेतृत्वमा रहेकाे सरकारबाट समर्थन फिर्ता लिदै माओवादी सरकारबाट बाहिरिएको हाे ।
बैशाख १४ गते डिल्लीबहादुर चाैधरी मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । माओवादी केन्द्रलगायत ८ राजनितीक दलकाे समर्थनमा सरकार बनेकाे थियाे ।

केन्द्रीय राजनितीमा आएकाे फेरबदलका कारण लुम्बिनीमा पनि एमाले-माअाेवदी लगायत दलकाे सरकार बनाउन गृहकार्य सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.