अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिनुभयो । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.