प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिनुहुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल पचण्डले आगामी बुधबार विश्वासको मत लिनुहुनेभएको छ । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रको गत शनिबार बसेको संसदीय दलको बैठकले फागुन ३० अर्थात यहि बुधबार प्रधानमन्त्रीले विश्वासको मत लिने बारे निर्णय गरेको थियो ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि तत्कालिन सत्तारुढ कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धन सहितको सरकारका लागि विश्वासको मत लिन लाग्नुभएको हो ।

फागुन २१ गते बनेको नयाँ समीकरणअनुसार प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसदको समर्थन छ । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसदको समर्थन भए पुग्छ ।

हालसम्म प्रधानमन्त्रीलाई पाँच दलको १५२ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्मा अहिले कांग्रेसको ८७, राप्रपाको १४, जनमतको ६, लोसपा र नागरिक उन्मुक्ति पार्टीको चार÷चार गर्दा ११५ मत गठबन्धन बाहिर छ ।

एमालेको समर्थनमा २०७९ मा १० पुसमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यही कार्यकालमा उहाँले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो । चुनावमा कांग्रेससँग गठबन्धन बनाएर पनि एमालेलगायत दलहरूको समर्थनमा उहाँ प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्रीले २६ पुसमा ९८ प्रतिशत बढी सांसदको समर्थन पाउनुभएको थियो ।पहिलो पटक कांग्रेससहित २६८ सांसदको समर्थन पाउँदा दोस्रो पटक चैत ६ मा भने प्रधानमन्त्री प्रचण्डले १७२ सांसदको समर्थन पाउनुभयो ।

राष्ट्रपति कांग्रेसको भागमा परेपछि एमाले सरकारबाट बाहिरिएको थियो । अहिले फेरि एमालेले प्रधनमन्त्रीलाई विश्वासको मत दिदैंछ ।

जसअनुसार प्रधानमन्त्रीले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । संविधानअनुसार दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भएपनि प्रधानमन्त्रीलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.