नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको क्रिकेट खेल रद्द

काठमाडौँ- आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड एबीचको क्रिकेट खेल रद्द भएको छ।

काठमाडौंमा बिहानैदेखि वर्षात् भएपछि खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसअघि आजदेखि नेपाल ए र आयरल्यान्डवीच पहिलो टी २० सुरु हुने खेल तालिका थियो । यस खेलसहित क्यानले पुन: नयाँ तालिका सार्वजनिक गर्ने क्यानले जनाएको छ ।।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच तीनवटा टी–ट्वान्टी तथा तीनवटा एकदिवसीय खेल हुने तालिका रहेको छ ।

यसअघि आयरल्याण्ड ‘ए’सँग नेपालको सिनियर टोलीले दुई ट्वान्टी–ट्वान्टी खेल खेलेको थियो । उक्त शृङ्खला नेपालले २–० ले जितेको थियो ।

पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’लाई ६ विकेटले तथा दोस्रो खेलमा ७१ रनले पराजित गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.