बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि भोलि शुक्रबार पनि खुवाइने

काठमाडौँ- सरकारले आज बालबालिकालाइ भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाएको छ ।

आज खुवाउन छुटेकाहरुलाइ भोलि पनि खुवाइनेछ । प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य चौकी र कुनै कुनै ठाउँमा विद्यालय,चोक चौतारामा समेत खुवाइएको छ । स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले छ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाएको जानकारी दिनुभयो ।

देशभरीका करिब ३२ लाख बालबालिकाले भिटामिन ‘ए’ तथा २९ लाख बालबालिकाले जुकाको औषधि खाने अनुमान सरकारले गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन् ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइएको छ ।

सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.