नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौँ –  वैशाख २२ गते । वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले  फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।

पाँच खेलको सिरिजमा यसअघिनै वेस्ट इन्डिज ‘ए’ ३–१ ले जितिसकेको छ । नेपाल आज अन्तिम खेलमा जित निकाल्दै सिरिजमा ३–२ को नतिजा निकाल्दै आइसिसी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छ । यता  वेस्ट इन्डिज  ‘ए’ पनि अन्तिम खेल जितेर नेपाल भ्रमण थप सुखद बनाउने लक्ष्यमा छ ।

नेपाल पहिला खेलमा चार विकेटले विजयी भएको थियो । त्यसपछि दोस्रो खेल वेस्ट इन्डिजले १० रन, तेस्रो खेल ७६ रन र चौथो खेल २८ रनले जितेको थियो ।

नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसन्न आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सिरिज खेलेको हो । नेपालले अन्तिम खेलमा विश्वकप खेल्ने टोलीलाई नै बढी मौका दिएको छ । नेपालले अनिलकुमार साह र सागर ढकाललाई टोलीमा राख्दै गुलसन झा र ललितनारायाण राजवंशीलाई आराम दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.