बुटवलमा रहेको मुख्मन्त्रीको आवास हटाउने निर्णय

दाङ- लुम्बिनी प्रदेश सरकारले बुटवलमा रहेको मुख्यमन्त्रीको आवास हटाउने भएको छ । प्रदेश सरकार स्थापना भएदेखी राजश्व अनुसन्धानको कार्यालयको भवन मासिक करिब दुई लाख रुपैयाँ बुझाउनेगरी सरकारले भाडामा लिएको थियो ।

बुटवलमा रहेको प्रदेशको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा सरेपनि मुख्यमन्त्रीको आवास भने यथावत थियो । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्रीको आवासको रुपमा प्रयोग गरिएको भवन सम्वन्धित कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री दिपेन्द्र पुनले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सरकारले विभिन्न समिति गठन गरेको छ । मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले राजनीतिक समिति, प्रशासन तथा विधेयक समिति, आर्थिक तथा योजना मामिला समिति गठन गरेको छ ।

यस्तै प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री दिनेश पन्थिलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसअघि विभागीय मन्त्री नियुक्ती नहुदा सम्म सरकारको प्रवक्ताको जिम्मा मन्त्री दिपेन्द्र पुनलाई दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.