चितवनमा बाघ र गैँडा मृत फेला

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एसिङ्गे गैँडा र पाटे बाघ मृत अवस्था फेला परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार चितवन राष्ट्रिय निकुञ्जको नवरपरासीको कावासोती १५ स्थित मध्यवर्तीमा एक सिङ्गे भाले गैँडा मृत अवस्थामा भेटिएका हुन् ।

गैँडाको खाग र खुर सुरक्षित रहेकाले प्राकृतिक कारणले मृत्यु भएको हुन सक्ने संक्षण अधिकृत तिवारीको भनाई छ । उहाँका अनुसार मृत गैँडाको पोष्टमार्टम भने बाँकी रहेको छ । यसैबिच आज नै पाटे बाघ मृत अवस्था भेटिएका छन् ।

निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्ती टोलीलेले चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भिमपुरमा मृत भेटिएको उहाँले बताउनुभयो । मृतक बाघको पनि पोष्टमार्टम भने बाँकी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.