विकी लभ अर्थको फोटो प्रतिस्पर्धाका लागि आह्वान

काठमाडौँ- विकी मिडिया कमन्स अन्तर्गत  विकी लभ अर्थले विश्व सम्पदा सूचीमा परेका एवम् प्राकृतिक सम्पदासँग सम्बन्धित फोटो प्रतिस्पर्धाका लागि आह्वान गरेको छ । आगामी अक्टोबरमा अन्तिम नतिजा प्रकाशित गर्ने गरी विकी लभले विश्वका ४५ बढी देशबाट फोटो प्रतिस्पर्धाका लागि आह्वान गरेको हो । 

प्रतिस्पर्धामा विशेषगरी प्रकृतिकी सम्पदासँग सम्बन्धित फोटो हरुलाई प्राथामिकता दिइने छ । नेपालबाट प्रतियोगितामा सहभागी हुन चाहनेहरूले प्रतिस्पर्धाका लागि जुन १५ सम्म फोटो पठाइसक्नु पर्ने विकी मिडियन्स अफ नेपाल प्रयोग कर्ता समूहका संयोजक निर्मल दुलालले जानकारी दिनुभयो । https://commons.wikimedia.org मा गइ प्रतिस्पर्धाका लागि फोटो प्रतियोगीले अपलोड गर्न सक्ने ब्यवस्था गरिएको छ ।

प्राप्त फोटोहरु मध्ये नेपालबाट १० वटा फोटो छानेर अन्तराष्ट्रिय प्रतियोगितामा पठाइने छ । नेपालबाट छानिएका १० फोटो मध्ये उत्कृष्ट तीन वटा फोटोहरुलाई पुरस्कारको ब्यवस्था गरिएको संयोजक दुलालले जानकारी दिनुभयो । फोटो ग्राफिमा रुचि राख्नेहरू जो कोही पनि प्रतियोगितामा सहभागी हुन पाउने छन् । 

सन २०१३ बाट युक्रेन र रुसबाट सुरु भएको हो । यस अघिको प्रतियोगितामा नेपालबाट पठाइएका फोटोहरु उत्कृष्ट दस भित्र पर्न  सफल भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.