बेपत्ता भएको पाँच महिनापछि भेटियो युवकको शव

हुम्ला- गत पुस ९ गते चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि वडा नम्बर ५ को नेप्का गाउँ जाने क्रममा बेपत्ता भएको युवकको शव पाँच महिना पछि फेला परेको छ ।

२०८० पुस महिनाको ९ गते गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ जाने क्रममा बेपत्ता भएका चंखेली गाउँपालिका–५ का ३७ वर्षिय बिरजङ तामाङको शव वैशाख पहिलो साता कृपु भिरको तल नदीको छेउमा फेला परेको हो ।

पालिका केन्द्रदेखि वडा नम्बर ५ को नेप्का जाने क्रममा हिडेका तामाङ बिच बाटोबाट बेपत्ता भएको परिवार श्रोतले जनाएको छ । बेपत्ता भएका तामाङको खोजीकार्यका लागि वडा नम्बर ५ का स्थानीय र मेल्छाम प्रहरीचौकीबाट खोजीकार्य गरेपनि नभेटिएको तामाङ आफान्त छक्कबहादुर तामाङले बताउनुभयो ।

वैशाख महिनाको पहिलो साता शव फेला गरेको नेपाल टेलिभिजनलाई जानकारी दिनुभयो । कर्णाली नदीको छेउमा पाँच महिनापछि शव फेला परेको तामाङको भनाई छ । माछा मार्न गएका केही युवाहरुले शव भेटाएको उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.