पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौ-  पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएको फैसला सुनाएको छ ।

आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीले विशेष अदालतलको फैसला विरुद्ध दिएको  पुनरावेदन जिकिर नपुग्ने ठहर गर्दै भ्रष्ट्राचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिनु भएको थियो ।

पूर्व गृहमन्त्री जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो । सर्वोच्चले भने ६९ लाख १५ हजार जरिवाना ९ महिना कैद फैसाला सुनाएको छ ।

त्यसैगरी इजलासले गैर कानुनी सम्पत्ति आर्जनमा  ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाई दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.