मानसिक स्वास्थ्यका सवालमा बहुपक्षीय समन्वय आवश्यक

काठमाडौँ- नेपाल सरकारले तयार गरेको मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजनाको कार्यान्वयनका सम्बन्धमा विशेष छलफल गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग र कोसिस नेपालको संयुक्त आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिहरु, सरोकारवाला निकाय, नागरिक समाजका सदस्य, संचारकर्मि तथा मानसिक स्वास्थ्य क्षेत्रमा सक्रिय संस्थाका प्रतिनिधिहरूले मानसिक स्वास्थ्यका सवालको ब्यवस्थापनका लागि बहुपक्षीय समन्वय आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पुमावति थापाले मानसिक स्वास्थ्य रणनीतिले हासिल गरेका प्रगति विवरणका साथै चुनौतिहरु धारणा राख्नु भयो । उहाँले मानसिक स्वास्थ्य नीति तथा कार्ययोजनाले नेपालको स्वास्थ्य सेवामा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कानूनी तथा नीतिगत सुधारलाई बल दिएको कुरा उल्लेख गर्नु भयो ।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा केदार मरहठ्ठाले आफ्नो प्रस्तुतीकरणमा मानसिक स्वास्थ्य सेवा र मानव अधिकारको सम्बन्ध बारे प्रष्ट्याउनुभएको थियो। कोसिस नेपाल का अध्यक्ष मातृका प्रसाद देवकोटाले मानसिक स्वस्थ्यलाई मानव अधिकारको रुपमा हेर्नुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त डा सुर्य प्रसाद ढुङ्गेलले मानसिक स्वास्थ्यका सवालहरुलाई बहुपक्षीय समन्वय गर्नुपर्ने र मानसिक स्वस्थ्यका विषयमा पाठ्यक्रममा समेत उल्लेख गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरूले मानसिक स्वास्थ्य क्षेत्रमा स्रोतसाधन अभाव, जनशक्तिको सीमितता, र जनचेतनाको कमी मुख्य चुनौती रहेको औंल्याएका थिए ।
सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूलाई प्रभावकारी बनाउन समुदाय स्तरमा जनचेतना कार्यक्रम सञ्चालन, विशेषज्ञ चिकित्सक तथा परामर्शदाताको संख्या वृद्धि, र बजेट सुनिश्चितताको महत्वमा जोड दिएका थिए।






प्रतिक्रिया राख्नुहोस्