कविता: रातको न्यायालय

रातको न्यायालयमा न्याय माग्ने पिडितहरु
सबैलाइ न्याय परोस भनि रात तल्लिन छ
रंगिन रातमा रमाउनेलाई रमिता
मदहोसमा रमाउनेलाई मादकता
संगीतमा रमाउनेलाइ माधुर्यता
यौवनमा रमाउनेलाई यौनिकता
आफ्नो पनमा रमाउनेलाइ मौलिकता
ज जस्लाइ जेमा रमाउनेहो सबै दिएको छ त्यो रातले….
सुन तस्करलाई सुन
काठ तस्करलाई वन
मानव तस्करलाई जन
जल तस्करलाई बिद्युत
टोल तस्करलाइ सहकारी
अनि घरघरमा रित्तो भकारी
रातको न्यायालयमा सबैले न्याय पाएका छन्
प्रेमीले प्रेमील सपना अनि न्यानो रात
तातो माया र कोमल हात
कतिले मायापछि बिश्वास घात
त्यही घातले जेलको बास र विल्लिबाठ
पालैपालो सबैलाई दिएकोछ जेलको बास
निर्दयी रात आफ्नो न्यायमा तल्लिन छ
रातलाइ नै ओढेर रातकाट्ने सडक मानव
रातलाइनै आमा सम्झेर अंगाल्ने प्राणी
सुनसान रातमा साइरन बजाउने एम्बुलेन्स
सबै रातको न्यायालयमा दौडीदैछन्
रातले सबैलाइ तारीख दिई रहेछ
सहकारी र सरकारी दुबैपक्षलाई
भ्याइ-नभ्याइछ तारीख बोक्न
कहिले कुन न्यायालय त कहिले कुन
केवल पर्खाइमाछन् सबै रातको फैसलाको
दिनमा हुन नसकेका धेरै फैसला
त्यस्तै रातमा भएकाछन्
कोतपर्वको त्यो रात
नारायणहिटीको त्यो रात
अनि त्यस्तै अज्ञात रातमा कुन फैसला हुनेहो हेर्न बाँकीछ
जस्ले इतिहासका पानालाइ रक्तिम बनायो र बनाउनेछ
अब मलाइ रक्तिम रात चाहिएन
मलाई स्वर्णीम रातको न्याय चाहिएको छ
मिठो सपना देख्ने निद्राको रात चाहिएको छ
स्वाभीमानले बाँच्ने उषाको किरण चाहीएको छ
कालो रातको निर्दयी न्यायालयबाट
सदाका लागी मलाई छुट्कारा चाहिएको छ ।
प्रतिक्रिया राख्नुहोस्