बेलायतका राजकुमार एडवार्ड काठमाडौँमा

काठमाडौँ – बेलायतका राजकुमार एडवार्ड काठमाडौँ आइपुग्नुभएको छ। उहाँ केहीबेरअघि एयर इण्डियाको जहाजबाट काठमाडौँ आइपुग्नुभएको हो ।
उहाँलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।
एडवर्ड विमानस्थलबाट सिधै लैनचौरस्थित बेलायती दूतावास जाने तालिका छ । उहाँकी श्रीमती सोफिया आजै बिहान साढे १० बजे नेपाल आइसक्नुभएको छ ।
नेपाल बसाइका क्रममा उहाँहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ। उहाँहरूको नेपाल भ्रमण युवा सशक्तीकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।
६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया राख्नुहोस्