महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना

स्याङ्जा – स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा सबल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उहाँको भनाई छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगरप्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।
नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरूको अभिमुखीकरण कार्यक्रममा कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको छ ।
कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहने युवायुवतीलाई उत्पादनमा जोड्न कार्यक्रम गरिएको पालीकाले जनाएको छ ।
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्