सडकमै ट्रक पल्टिंदा मेची राजमार्ग अवरुद्ध

इलाम- इलाम नगरपालिका-१, साखेजुङको वरपीपल गोलाईमा गएराति ट्रक पल्टिंदा मेची राजमार्ग बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएपछि साना गाडी भित्तो खोलेर पास गराइएका छन् । मालबाहक ट्रक माथिल्लो बाटोबाट पल्टिएर तल्लो बाटोमा आधा भागमा अडिएको छ ।

ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.