थवाङको दुर्घटनामा मृत्यु हुने सबैको सनाखत, शव आफन्तलाई बुझाउने तयारी

काठमाडौँ-  रोल्पाको थवाङ गाउँपालिका-१, जलजला जाने बाटोमा बिहीबार भएको जीप दुर्घटनामा परेका सबै मृतकको सनाखत भएको छ ।

रुकुम पूर्वको रुकुमकोटबाट जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप दुर्घटनामा मृत्यु भएका २० जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिस्ने गाउँपालिका रुकुम पूर्व र घोराही उपमहानगरपालिका तथा शान्तिनगर गाउँपालिका दाङका बासिन्दा रहेका छन ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका -५, टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीया युवा घर्ती बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी रहेका छन् ।

त्यस्तै १३ वर्षीय सुदीप बुढाथोकी ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत, सवारी चालक शान्तिनगर दाङका ४२ वर्षीय बेदु कामी र भुमे गाउँपालिका-५, का टेकप्रसाद बस्नेतको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा घोराही उपमहानगरपालिका -१५, रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय बालक संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी र घोराही -१३ की धनमाया बिष्ट रहेका छन् ।

दुर्घटनामा परेर मृत्यु भएकाको शव रुकुम पूर्वको रुकुमकोट अस्पतालमा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि आजै आफन्तलाई जिम्मा लगाइने तयारी भएको छ ।

बिहीबार पूजापाठका लागि जलजला जाँदै गरेको जीप दिउँसो २ बजे भीरबाट ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा एकजना घाइते भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.